लगातार तेस्रो दिन नेप्से ओरालो, कारोबार रकम बढ्यो

लगातार तेस्रो दिन नेप्से ओरालो, कारोबार रकम बढ्यो



काठमाडौँ । हप्ताको पहिलो दिन शेयर बजार दोहोरो अंकले ओरालो लागेको छ। नेप्से परिसूचक सोमबार १८.०२ अंकले घटेर २,७३९.९५ विन्दुमा पुगेको छ। यससँगै नेप्से लगातार तेस्रो कारोबार दिनमा गिरावट आएको हो।

उत्पादन समूहबाहेक सबै उपसमूहमा कमजोरी देखिएको छ। विशेषगरी विकास बैंक समूह १.६९ प्रतिशतले र जलविद्युत् समूह १.१९ प्रतिशतले घटेका छन्। नारायणी विकास बैंकको शेयर ७ प्रतिशतभन्दा बढीले घट्दा, बजार समग्रमा कमजोर बनेको हो। तर विकास हाइड्रोपावर कम्पनीको शेयर भने १० प्रतिशतले उक्लिएको छ।

नेप्से सूचक तल झरे पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ। गएको बिहीबार करिब ५ अर्ब २ करोड रुपैयाँको कारोबार भएकोमा आज ३२३ कम्पनीका १ करोड ४० लाख कित्ता शेयर ६ अर्ब ५४ करोड रुपैयाँमा किनबेच भएका छन्।