नेप्से १५.६४ अंकले घट्यो

नेप्से १५.६४ अंकले घट्यो



काठमाडौं। शेयर बजार लगातार ओरालो लागेको छ। बुधबार पनि नेप्से सूचकांक १५.६४ अंकले घटेर २७२६.३३ मा झरेको छ। यसअघि मंगलबार सूचकांक १९ अंकले तल झरेको थियो।

आज म्युचुअल फन्ड र व्यापार समूहबाहेक अरू सबै उपसमूह राताम्मे बनेका छन्। कुल २१३ कम्पनीका शेयर मूल्य घट्दा ३९ कम्पनीमा मात्रै वृद्धि भएको छ।

लिबर्टी इनर्जीको मूल्य ७ प्रतिशतले घटेको छ भने बजार समग्रमा कमजोर हुँदा पनि हिम स्टार इनर्जीको शेयर १० प्रतिशतले उक्लिएको छ।

कारोबार रकम भने केही सुधार देखिएको छ। मंगलबार ४ अर्ब ४३ करोडको कारोबार भएको थियो भने आज ३२६ कम्पनीका करिब १ करोड १३ लाख कित्ता शेयर किनबेच भई ४ अर्ब ७२ करोडको कारोबार भएको छ।