एनएमबि बैंक र बेस्ट वेस्टर्न प्लस काठमाडौंबीच नयाँ साझेदारी

एनएमबि बैंक र बेस्ट वेस्टर्न प्लस काठमाडौंबीच नयाँ साझेदारी



काठमाडौँ । एनएमबि बैंकले आफ्ना ग्राहक र कर्मचारीहरूका लागि विशेष सुविधा प्रदान गर्न बेस्ट वेस्टर्न प्लस काठमाडौं होटलसँग साझेदारी गरेको छ।

यस साझेदारीअन्तर्गत, एनएमबि बैंकका कार्डधारकहरूले बेस्ट वेस्टर्न प्लस काठमाडौंमा कोठा बुक गर्दा २०% छुट पाउनेछन्, जसले ग्राहक र कर्मचारीहरूको बसाइ अझ किफायती र सहज बनाउनेछ।

साथै, बैंकका ग्राहक र कर्मचारीहरूले होटलका प्रख्यात रेस्टुरेन्टहरू—सनराइज क्याफे र ला भिस्टा रुफटप क्याफेमा खानामा, बेकरीका सबै सामानमा, साथै होटलको स्वीमिङ पूल प्रयोगमा १०% छुट पाउनेछन्।

एनएमबि बैंकले हाल देशभर २०२ शाखा, १८७ एटीएम र ९ एक्सटेन्सन काउन्टरमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आएको छ।

यस साझेदारीले बैंकका ग्राहक र कर्मचारीहरूको अनुभवलाई अझ आकर्षक र सुविधाजनक बनाउने विश्वास गरिएको छ।