नेप्से लगातार तेस्रो दिन ओरालो

नेप्से लगातार तेस्रो दिन ओरालो



काठमाण्डौँ । शेयर बजार परिसूचक नेप्से लगातार तेस्रो दिनमा पनि घटेको छ। आज नेप्से ६.५५ अङ्कले तल झर्दै २,७१९.७७ विन्दुमा पुगेको हो। यसअघि हिजो १५ अङ्क र अस्ति १९ अङ्कले बजार घटेको थियो।

आज म्युचुअल फन्ड र व्यापार समूह बाहेक सबै सूचक हरियो हुन सकेनन्। १६५ कम्पनीको मूल्य घट्दा ८५ कम्पनीको बढेको र एक कम्पनी स्थिर रहेको देखिएको छ।

बजार घटेको दिन पनि हिम स्टार ऊर्जा कम्पनीको शेयर १० प्रतिशतले बढ्यो भने बाराही हाइड्रोपावर ३.८३ प्रतिशतले सबैभन्दा बढी घट्यो।

नेप्से ओरालो लागे पनि कारोबार रकम भने उच्च भएको छ। हिजो ४ अर्ब ७२ करोडको कारोबार भएकोमा आज ३१७ कम्पनीका १ करोड २७ लाख कित्ता सेयर ५ अर्ब १४ करोड रुपैयाँमा किनबेच भएको छ।