काठमाडौं। साताको पहिलो दिन सेयर बजार ११.५२ अंक घट्दै २७०८ विन्दुमा पुगेको छ। लगातार चौथो दिन बजार ओरालो लागेको हो।
आज ७९ कम्पनीको मूल्य बढ्दा १७३ को घट्यो। फाइनान्स र उत्पादन समूहमा सामान्य वृद्धि भए पनि बैंकिङ, हाइड्रोपावर, जीवन बीमा, होटल लगायतका समूहमा गिरावट आयो।
हिमस्टार ऊर्जा १० प्रतिशतले बढ्दै ३९१.४० मा पुगेको छ भने युनिभर्सल पावर र समृद्धि फाइनान्स पनि बढे। विपरीत पन्चकन्या माइ हाइड्रोपावर, विकास हाइड्रोपावर र ओरियन्टल होटलमा बढी गिरावट देखियो।
सबैभन्दा धेरै कारोबार युनियन हाइड्रोपावर, नेपाल पुनर्बीमा, एभरेस्ट बैंक, हिमालयन डिस्टिलरी र युनिभर्सल पावरमा भयो।


प्रतिक्रिया