काठमाण्डौ । शेयर बजार सोमबार उच्च अंकले घट्दै नेप्से परिसूचक ३५.९९ अंकले तल झरेर २६७२.२५ विन्दुमा पुगेको छ। यससँगै बजार लगातार पाँच कारोबार दिनदेखि ओरालो लागेको छ।
आज सबै समूहको शेयर घटेको छ, जसमा व्यापार समूह ३.३१ प्रतिशतले सबैभन्दा धेरै घट्यो। कुल २२९ कम्पनीको शेयर तल झरेको छ भने २२ कम्पनीको शेयर बढेको छ।
बाराही हाइड्रोपावर ५.२८ प्रतिशतले घट्दा हिम स्टार एनर्जीको शेयर भने १० प्रतिशतले बढेको छ।
नेप्से घटे पनि कारोबार रकम बढेको छ। हिजोको ४ अर्ब ४० करोडको तुलनामा आज ३२० कम्पनीका १ करोड १७ लाख कित्ता शेयर ५ अर्ब २३ करोड रुपैयाँमा किनबेच भएको हो।


प्रतिक्रिया