काठमाण्डौ। शेयर बजार आज फेरि उच्च अंकले बढेको छ। नेप्से परिसूचक आज ५८.६३ अंकले बढेर २,६८२.२५ विन्दुमा पुगेको छ। हिजो बजार १११ अंकले बढेको थियो।
आज सबै समूहका शेयरमा वृद्धि देखिएको छ। विशेषतः विकास बैंक, होटल, जलविद्युत्, बीमा, माइक्रोफाइनान्स र अन्य समूहका शेयरमा उच्च उछाल आएको छ।
आज आठ वटा कम्पनीका शेयर १० प्रतिशतले बढेका छन्। तर समग्र बजार बढ्दा पनि प्रभु स्मार्ट फन्डको शेयर ४ प्रतिशतभन्दा बढीले घटेको छ।
नेप्से परिसूचक बढे पनि आज कारोबार रकम भने घटेको छ। हिजो ९ अर्ब १७ करोडको कारोबार भएकोमा आज ३२८ कम्पनीका १ करोड १३ लाख कित्ता शेयर ५ अर्ब २९ करोड रुपैयाँमा किनबेच भएका छन्।


प्रतिक्रिया