काठमाण्डौ। लगातार गिरावटपछि शेयर बजार आज हरियो भएको छ। नेप्से परिसूचक आज ४४.२५ अंकले बढ्दै २,५४७.६० विन्दुमा पुगेको छ।
सबै उप–समूहमा सुधार देखिएको छ। अन्य समूहको शेयर झण्डै ५ प्रतिशतले उकालो लागेको छ भने होटल तथा पर्यटन समूह ३.३५ प्रतिशतले, जलविद्युत्, लगानी र व्यापार समूह २ प्रतिशतभन्दा बढीले बढेका छन्।
नेपाल माइक्रो इन्सुरेन्स, नेपाल रिइन्सुरेन्स र क्रेस्ट माइक्रो लाइफ इन्सुरेन्सका शेयरमा १० प्रतिशतसम्मको वृद्धि भएको छ। यद्यपि, बजार हरियो भए पनि कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर ५.२६ प्रतिशतले घटेको छ।
बजार सूचक बढे पनि कारोबार रकम घटेको छ। हिजो ६ अर्ब ७० करोडको कारोबार भएकोमा आज ३३० कम्पनीका करिब ९९ लाख कित्ता शेयर ४ अर्ब ९७ करोड रुपैयाँमा किनबेच भएको छ।


प्रतिक्रिया