काठमाडौं । मध्य अफ्रिकी देश चाडमा सुडानी ड्रोन आक्रमणमा परि १७ जनाको ज्यान गएको छ ।
चाडको सीमावर्ती शहर टिन जागराबामा सुडानले ड्रोन आक्रमण गरेको सरकार प्रवक्ता एवम् सञ्चारमन्त्री गासिम चेरिफ महामतलाई उद्धृत गर्दै चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।
सरकारका प्रवक्ताले आक्रमणमा अन्य मानिसहरू घाइते भएका बताए पनि सङ्ख्या सार्वजनिक भएको छैन ।
यसैबीच चाडका राष्ट्रपति महामत इद्रिस डेबी इट्नोले सुडानी ड्रोन आक्रमणपछि आपत्कालीन सुरक्षा बैठक बोलाएर दुई देशबीचको सीमालाई पूर्णरूपमा बन्द गर्ने आदेश दिएको खबरमा उल्लेख छ ।
यस्तै उनले सेनालाई सुडानबाट हुने कुनै पनि आक्रमणको जवाफ दिन आदेश दिनुभएको छ ।
चाड र सुडानबीचको १ हजार ३०० किलोमिटर झरझरा सीमा क्षेत्र सुडानी सेना र अर्धसैनिक द्रुत समर्थन बलहरूबीचको लडाइँपछि सन् २०२३ देखि निरन्तरको द्वन्द्वमा फसेको छ ।


प्रतिक्रिया