उत्तर कोरियाद्वारा उच्च–क्षमताको इन्जिन परीक्षण

उत्तर कोरियाद्वारा उच्च–क्षमताको इन्जिन परीक्षण



काठमाडौं । उत्तर कोरियाका नेता किम जोङ उनले उच्च–क्षमताको ‘सोलिड–फ्युल’ रकेट इन्जिनको जमिनमै गरिने परीक्षणको निरीक्षण गरेका छन् । यसलाई रणनीतिक हतियार कार्यक्रमलाई तीव्रता दिने उत्तर कोरियाको पछिल्लो कदमका रूपमा हेरिएको छ ।

सरकारी सञ्चार माध्यम केसीएनएका अनुसार, उक्त परीक्षण पाँच वर्षे रक्षा योजनाको एक महत्त्वपूर्ण अंश हो । परीक्षणमा कार्बन–फाइबर कम्पोजिटबाट बनेको इन्जिन प्रयोग गरिएको थियो । जसको अधिकतम क्षमता २५ सय किलोन्युटन रहेको बताइएको छ । तर, परीक्षण कहिले र कहाँ सम्पन्न भयो भन्नेबारे भने खुलाइएको छैन ।

केसीएनएले यो परीक्षणलाई “फलामे मुड्की भएका सयौँ लडाकुहरूसँग सामना गर्न तयार पारिएको भौतिक र प्राविधिक क्षमताको प्रदर्शन” भनेर व्याख्या गरेको छ ।

यसै क्रममा किम जोङ उनले विशेष अपरेसन फोर्सको तालिम तथा नयाँ मुख्य ब्याटल ट्यांकको निरीक्षणसमेत गरेका थिए ।