प्रसिद्ध भारतीय गायिका आशा भोसलेको निधन

प्रसिद्ध भारतीय गायिका आशा भोसलेको निधन



काठमाडौं । प्रसिद्ध भारतीय पार्श्वगायिका आशा भोसलेको निधन भएको छ । मुम्बईस्थित एक अस्पतालमा उपचारका क्रममा उनको निधन भएको भारतीय सञ्चारमाध्मयहरूले उल्लेख गरेका छन् ।

उनी हृदयाघात (कार्डियाक अरेस्ट) भएपछि शनिबार अस्पताल भर्ना भएकी थिइन् । आशा भोसले भारतीय संगीत जगतकी एक अद्वितीय स्वरकी धनी थिइन् । उनको संगीत यात्रा बाल्यकालदेखि नै सुरु भएको थियो । उनका पिता दीनानाथ मंगेशकर शास्त्रीय संगीतका ज्ञाता थिए ।

परिवारमा संगीतको वातावरण भएकै कारण उनी र उनकी दिदी लता मंगेशकर दुवै सानैदेखि गायनमा लागेका थिए ।