युरोपेली मुलुक पोर्चुगलमा बुर्का प्रतिबन्ध लगाउने कानुन लागू भएको छ। दक्षिणपन्थी दलहरूको दबाबमा ल्याइएको यस कानुनलाई पोर्चुगलका राष्ट्रपतिले अनुमोदन गरेका छन्। यस कानुनले अब देशभरका सार्वजनिक स्थलहरूमा अनुहार छोप्न निषेध गरेको छ। फ्रान्स पछि पोर्चुगलले बुर्कामा प्रतिबन्ध लगाउने अर्को मुलुक बनेको हो । यसको मुख्य उद्देश्य मुस्लिम महिलाहरूलाई पूरै अनुहार छोप्ने खालको पर्दा (नकाब) लगाउनबाट…