अमेरिकाका ११ सहरमा गुन्जिँदै दुर्गेश थापा

दसैंअघि सांगीतिक प्रस्तुतिका लागि बेलायत पुगेका गायक तथा ‘स्टेज पर्फमर’ दुर्गेश थापा यतिबेला अमेरिकाको सांगीतिक यात्रामा छन् । तिहारको छेको पारेर अमेरिका उडेका दुर्गेशले अमेरिकाका ११ सहरमा सांगीतिक प्रस्तुति दिनेछन् । गत शुक्रबार अस्टिन, टेक्सासबाट सुरू भएको उनको अमेरिकाको सांगीतिक यात्रा नोभम्बर २२ मा डल्लासमा पुगेर टंगिनेछ । ‘आउँदो शनिबार न्युयोर्क सहरमा प्रस्तुति दिँदैछु,’ गायक…