काठमाडौं । बाक्लो हुस्सुका कारण बिहानीपखको न्यून भिजिबिलिटीले रुपन्देहीमा एक विद्यालयको बस दुर्घटनामा परेको छ । मंगलबार बिहान रुपन्देहीको ओमसतिया गाउँपालिका-४, बसन्तपुरमा स्कुल बस र ट्याक्टर एकापसमा ठोक्किँदा २१ जना विद्यार्थी घाइते भएका छन् । मणीग्रामस्थित शान्ति नमूना माध्यमिक विद्यालयमा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरु सवार रहेको सो बसलाई विपरीत दिशाबाट आउँदै गरेको…