कपिलवस्तुमा बस दुर्घटना, दस जना घाइते

कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका १ उमरिचोकस्थित पूर्व पश्चिम राजमार्गमा काठमाडौँबाट नेपालगन्जतर्फ जाँदै गरेको बस दुर्घटना भएको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक रिपेन्द्र कुमार सिंह अनुसार काठमाडौँबाट नेपालगन्जतर्फ जाँदै गरेको ग १ ख ९७०० नम्बरको बस उमरिचोकमा दुर्घटना भएको हो । बसमा सवार ३५ जना यात्रुमध्ये १० घाइते भएको उनको भनाइ…