नेताज्यू ! जोकर हुने कि राजनेता ?

नेताज्यू ! जोकर हुने कि राजनेता ?



स्थानीय चुनावको मिति नजिकिदै जाँदा सबै दलका शीर्ष नेताहरु देश दौडाहामा लागेका छन् । जनसभा तथा पार्टी प्रवेशको श्रृंखलाहरु चलिरहेका छन् । स्थानीय सरकारको नेतृत्वमा जित हासिल गरेर पार्टीको बर्चश्व स्थापित गर्ने प्रयत्नमा सबैको ध्यान केन्द्रीत भएको देखिन्छ । एउटा दल छोडेर अर्कोदलमा प्रवेश गर्ने नेता कार्यकर्ताको पनि हरेक जसो सभामा लर्को नै लागेको देखिन्छ ।

अनुहार नियाल्दा बिचार र सिद्धान्त तथा जनसेवाको राजनीतिक भावना भन्दा टिकट हत्याउने र पदप्राप्तीको अतृप्त आकांक्षा नै प्रमुख लक्ष्य बनाएको जस्तो देखिन्छ । माओवादी छाडेर राप्रपा प्रवेश गर्ने हुन् या कांग्रेस छाडेर एमाले वा माओवादी छाडेर कांग्रेस प्रवेश गर्ने नेताको नियत स्पष्ट बुझ्न सकिन्छ । आम मतदाताको बेग्लै कुरा तर पार्टीमा लागेर अवसर लिएका तर अब त्यो गुम्ला भन्ने डरले अर्को पार्टीको ओत खोज्दै हिडेका नेताहरुको दलबदलको श्रृंखलाले यसै कुरालाइ पुष्टि गर्दछ ।

कांग्रेस नेताहरुसँगको बैठकमा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धनभित्रका दलका नेताहरुलाइ अमर्यादित भाषामा गालिगलौज नगर्न तथा प्रतिपक्षी नेकपा एमाले लगायत अन्य दलका नेताहरुप्रति पनि व्यक्तिगत टिकाटिप्पणी भन्दा बैचारिक धरातलमा रहेर बहसमा उत्रन गरेको आग्रह असल नेताको उदाहरण हो ।

दलहरुको सभामा नेताहरुको अभिव्यक्ति नियाल्दा अझै डरलाग्दो दृश्य देखापर्दछ । शीर्ष भनिएका नेता तथा मुलुकको प्रधानमन्त्री जस्तो गरिमामय पद सम्हालिसकेका नेताहरुको असभ्य भाषा, गालिगलौज र सराप्ने शैलीका स्तरहिन भाषणले नेपाली समाज र सिंगो राष्ट्र कतातिर जादैछ भन्ने गम्भिर प्रश्न उठ्न थालेको छ । हामी कता जादैछौ ? हाम्रा नेताको स्तर के छ ? यस्ता नेताहरुबाट कस्तो समाज निर्माण होला ? समृद्ध नेपालको आकांक्षा पुरा होला त ? साच्चै घोत्लनु पर्ने अवस्था सिर्जना भएको देखिन्छ ।

कांग्रेस नेताहरुसँगको बैठकमा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धनभित्रका दलका नेताहरुलाइ अमर्यादित भाषामा गालिगलौज नगर्न तथा प्रतिपक्षी नेकपा एमाले लगायत अन्य दलका नेताहरुप्रति पनि व्यक्तिगत टिकाटिप्पणी भन्दा बैचारिक धरातलमा रहेर बहसमा उत्रन गरेको आग्रह असल नेताको उदाहरण हो ।

केपी बा वा राजनेता केपी ओली भन्नेहरु आफै लजाउनुपर्ने अवस्था बनेको छ । उखान टुक्का र गालिगलौजको श्रृंखला केलाएर हेर्ने हो भने केपी ओलीलाई राजनेता होइन गालि शिरोमणीको उपाधिबाट विभूषित गर्न सकिन्छ । प्रतिउत्तर भाषणका क्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका भनाइहरु पनि उहाँको ओज सुहाउने खालका छैनन् ।

.

व्यवहारतः एमाले अध्यक्ष केपी ओली, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड लगायत शीर्ष नेताहरुलाई देउवाले कहिकतै खरो टिप्पणी गरेको या सराप्ने शैलीमा भाषण गरेको सुनिदैन । बरु लोकतन्त्र संविधान निर्माण र नेपाली जनताको समुन्नतिका लागि अन्य दलका नेताहरुले खेलेको भूमिकाको देउवाले प्रशंसा नै गरेको सुनिन्छ । यसले देउवाको कदमात्र बढाएको छैन असल राजनेताको छवि निर्माणमा समेत सघाउ पुर्‍याएको छ । तर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका अभिब्यक्तिहरु अन्त्यन्तै निकृष्ट खालको देखिन्छ । गठबन्धनका नेताहरुलाई गिद्ध भन्ने भनाई हुन् या दुर्योधनको संज्ञा । यसले केपी बा वा राजनेता केपी ओली भन्नेहरु आफै लजाउनुपर्ने अवस्था बनेको छ । उखान टुक्का र गालिगलौजको श्रृंखला केलाएर हेर्ने हो भने केपी ओलीलाई राजनेता होइन गालि शिरोमणीको उपाधिबाट विभूषित गर्न सकिन्छ । प्रतिउत्तर भाषणका क्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका भनाइहरु पनि उहाँको ओज सुहाउने खालका छैनन् ।

नेता भनेको त्यस्तो खुबी र क्षमता भएको व्यक्ति हो जसले आम जनमानस, सिंगो समाज र राष्ट्रलाई अगुवाइ गर्न सक्छ । दिशानिर्देश गर्न सक्छ । अझ भनौं आफ्नो बिचारमा डोहोर्‍याउन सक्छ । नेतृत्व भनेको अनुशरण गर्ने, सिक्ने, नक्कल गर्ने विषय पनि हो । के हाम्रा नेताहरुको अभिव्यक्ति आम जनमानसले अनुशरण गर्ने खालका छन् त ?

वीपीले म पहिलो जननिर्बाचित प्रधानमन्त्री हुँ भनेर कहिल्यै भन्दै हिड्नु परेन । मैले प्रधानमन्त्री पद अस्विकार गर्‍या भनेर गणेशमानले कहिल्यै भनेको सुनिएन । म इमान्दार कम्युनिष्ट प्रधानमन्त्री हुँ भनेर मनमोहन अधिकारीले कहि कतै नभने पनि नेपाली जनताले उनलाई अझै भुलेका छैनन् । शेरबहादुर देउवाले सुदुरपश्चिममा मैले एकैपटक दर्जनौ पुल बनाएँ या मैले नेपाललाई कमैया मुक्त राष्ट्र बनाए भनेको सुनिदैन तर ती काम गरेका देउवाको मुल्याङ्कन इतिहासले गर्ने नै छ ।

.

आम नागरिकहरु वास्तविक नेता र नेतृत्वको खोजी गरिरहेका छन् । सफल नेता पथ प्रदर्शक मात्रै नभएर, त्यो बाटोमा आफू पनि हिडेको हुन्छ । नेताले खाली अरूलाई यो गर्नुपर्छ, त्यो गर्नैपर्छ मात्र भन्दैन, बरु आफैें उदाहरण बन्छ । नेतृत्वको सबैभन्दा महत्वपूर्ण पाटो भनेको आफैंले गरेर उदाहरण बन्नु पनि हो । कुनै कुरा जान्नु मात्रै ठूलो कुरा होइन, त्यसलाई प्रयोगमा ल्याउन सक्नु मानिसको लागि ठूलो चुनौति हो । सफल नेता आफूले लिनमा मात्र होइन, जहिले पनि दिनमा विश्वास गर्छ । ऊ आफ्नो मात्रै प्रगतिका बारेमा सोच्दैन, अरूको प्रगतिमा पनि उ त्यति नै खुशी हुन्छ र सहयोग गर्छ । असल नेतृत्वको विकास भए मात्र मुलुकको साचो अर्थमा विकास हुने हो । महात्मा गान्धीे, नेल्सन मण्डेला जस्ता नेताहरुले आफ्नै जीवनमा उदाहरण बनेर देखाए । नेपालमा पनि वीपी कोइराला, मनमोहन अधिकारी र शुशील कोइराला उदाहरणीय नेताका रुपमा रहेका छन् ।

नेताले गरेको कामको मुल्याङ्कन सिंगो राष्ट्र र इतिहासले गरेकै हुन्छ । वीपीले म पहिलो जननिर्बाचित प्रधानमन्त्री हुँ भनेर कहिल्यै भन्दै हिड्नु परेन । मैले प्रधानमन्त्री पद अस्विकार गर्‍या भनेर गणेशमानले कहिल्यै भनेको सुनिएन । म इमान्दार कम्युनिष्ट प्रधानमन्त्री हुँ भनेर मनमोहन अधिकारीले कहि कतै नभने पनि नेपाली जनताले उनलाई अझै भुलेका छैनन् । शेरबहादुर देउवाले सुदुरपश्चिममा मैले एकैपटक दर्जनौ पुल बनाएँ या मैले नेपाललाई कमैया मुक्त राष्ट्र बनाए भनेको सुनिदैन तर ती काम गरेका देउवाको मुल्याङ्कन इतिहासले गर्ने नै छ । तर केपी शर्मा ओली मैले धरहरा बनाएँ रानीपोखरी बनाएँ भन्दै हिडेका छन् । के जनताले उनले भने जसरी नै बुझेका छन् त ?

लोकतान्त्रिक आन्दोलनमा लामो संघर्ष भोगेका र पटक पटक जनमतकै बलमा मुलुकको नेतृत्व गर्ने अवसर प्राप्त गरेका नेताहरु जोक्कर होइन राजनेता बन्न सफल हुन् । सुध्रने जिम्मा तपाईंहरुकै । रामराम भन्न सकिएला काँध थाप्न सकिदैन ।

.

इमानदार अनि असल चरित्र, लक्ष्य निर्धारण गर्ने क्षमता, उत्तरदायित्वको भावना, अध्ययनशील स्वभाव लगायत अभिप्रेरित गर्ने जस्ता क्षमता भएको व्यक्तिबाट असल नेतृत्वको अपेक्षा गर्न सकिन्छ । के हाम्रा शीर्ष नेताहरुको बोली व्यवहार र आचरणले असल नेता अझै राजनेताको छवि निर्माणमा सघाउ पुर्‍याउला त ? लोकतान्त्रिक आन्दोलनमा लामो संघर्ष भोगेका र पटक पटक जनमतकै बलमा मुलुकको नेतृत्व गर्ने अवसर प्राप्त गरेका नेताहरु जोक्कर होइन राजनेता बन्न सफल हुन् । सुध्रने जिम्मा तपाईंहरुकै । रामराम भन्न सकिएला काँध थाप्न सकिदैन ।