जी –२० नेताहरूद्वारा प्रमुख चुनौतीलाई तत्काल सम्बोधन गर्न आह्वान

जी –२० नेताहरूद्वारा प्रमुख चुनौतीलाई तत्काल सम्बोधन गर्न आह्वान



रियो दी जेनेरियो (ब्राजिल) । जी–२० नेताहरूले प्रमुख भूराजनीतिक, सामाजिक आर्थिक, जलवायु र वातावरणीय चुनौतीहरू तथा सङ्कटलाई तत्काल सम्बोधन गर्न मङ्गलबार जारी जी–२० रियो दी जेनेरियो घोषणापत्रमार्फत आह्वान गरेका छन् ।

नेताहरूले जी–२० को भूमिकालाई दोहाेर्‍याउँदै अत्यावश्यक अन्तर्राष्ट्रिय सहयोग र राजनीतिक अभियानको माध्यमबाट वर्तामान चुनौतीलाई सम्बोधन गर्न उपयुक्त रहेको औल्याउँदै दिगो विकासका लक्ष्यप्रति दृढ प्रतिबद्धता व्यक्त गरेका छन् ।

उनीहरूले घोषणापत्रमार्फत विश्व अर्थतन्त्रको सुधारिँदो सम्भावनालाई आत्मसात् गर्दै बलियो, दिगो, सन्तुलित र समावेशी विकासका साथ सहज जीवनयापन र वित्तीय दिगोपनको रक्षा गर्ने वाचासमेत गरेका छन् ।