त्रिशूली नदीको बीचमा फसे दुईजना, उद्धारका लागि हेलिकोप्टर बोलाइयाे

त्रिशूली नदीको बीचमा फसे दुईजना, उद्धारका लागि हेलिकोप्टर बोलाइयाे



काठमाडौं । त्रिशूली नदीमा आएको बाढीमा दुईजना फसेका छन् ।

नुवाकोटको बिदुर नगरपालिका–९ इन्द्रेणीघाटस्थित त्रिशूली नदीमा आएको बाढीमा दुईजना फसेका हुन् ।

नुवाकोटका डीएसपी विक्रम लामाका अनुसार उद्धारका लागि सेनाको हेलिकोप्टर बोलाइएको छ । त्रिशूली नदीको बीच भागमा उनीहरू फसेका हुन् ।

चीनतर्फबाट आएको भीषण बाढीले रसुवाकाे नेपाल–चीन सिमानास्थित लेन्देखोलामा मितेरी पुल बगाएको छ ।

जिल्ला प्रशासन कार्यालय धादिङ, नुवाकोट र रसुवाले त्रिशुली नदीको उपल्लो भूभाग नुवाकोट र रसुवातर्फ अति भारी वर्षा भएको कारण सडक पुलमा समेत केही क्षति पुर्‍याएकोले धादिङ जिल्लाको त्रिशुली नदी किनारका दुवै तर्फ पानीको बहाव बढ्न सक्ने भएकाले त्रिशुली नदी किनारका क्षेत्रमा आवश्यक सतर्कता र सावधानी अपनाउन अनुरोध गरेका छन् ।