काठमाडौं । नुवाकोटस्थित त्रिशूली नदीमा फसेका दुईजनाकाे सकुसल उद्धार गरिएकाे छ ।
विदुर नगरपालिकाको इन्द्रेणीघाटस्थित त्रिशूली नदीमा सोमबारदेखि २ जना व्यक्ति फसेका थिए । नेपाली सेनाको हेलिकोप्टरले भर्खरै उनीहरूलाइ उद्धार गरेको हो ।
नुवाकोटका डीएसपी विक्रम लामाका अनुसार उद्धारका लागि सेनाको हेलिकोप्टर बोलाइएको थियो । त्रिशूली नदीको बीच भागमा उनीहरू फसेका हुन् ।
घाँस-दाउरा गर्न गएका उनीहरु नदीमा बाढी आएपछि उनीहरु त्यही फसेका हुन् । उनीहरु रुखमा चढेर बसेका थिए भने रुखमुनि बाढी आएको थियाे ।


प्रतिक्रिया