बागलुङ । अविरल वर्षासँगै आएको बाढीले बागलुङमा कालुङखोला जलविद्युत आयोजना बगाएको छ ।
बुधबार जैमिनी नगरपालिका-९ पैयुथन्थाप बिजुवामा रहेको कालुङखोला जलविद्युत आयोजना बगाएको जिल्ला प्रहरी कार्यालयका डिएसपी बसन्त पाण्डेले जानकारी दिए ।
उनका अनुसार कालुङखोला आयोजनाको विद्युतगृह र त्यहाँ रहेका तीन वटा झुलुङ्गे पुलमा पनि पूर्ण रूपमा क्षति पुगेको छ । बुधबारराती आएको बाढीले आयोजनाको बाँधसँगै पावरहाउस बगाएको स्थानीयले जानकारी दिएका छन् ।
बाढीले एउटा गोरूलाई पनि बगाएको छ भने करिब १० वटा घर जोखिममा छन् ।
बाढीले खोला छेउका खेतीयोग्य जमिनमा केही दिनअघि लगाइएको धानबाली सखाप पारेको जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले जानकारी दिए ।
स्थानीयबासीलाई प्रहरीले सुरक्षित स्थानमा सारेको छ ।


प्रतिक्रिया