सजाय पाउनेबित्तिकै विदेशी अपराधीलाई डिपोर्ट गर्दै छ बेलायत

सजाय पाउनेबित्तिकै विदेशी अपराधीलाई डिपोर्ट गर्दै छ बेलायत



लन्डन । बेलायतले विदेशी अपराधीहरूमाथि कठोरता बढाउँदै ‘डिपोर्ट नाउ अपील लेटर’ योजनाको दायरा तीन गुणा बढाएको छ । यसमा सजाय पाएपछि अपील गर्नुअघि नै अपराधीहरूलाई देशबाट बाहिर पठाइनेछ ।

आफ्नो अध्यागमन प्रणालीको दुरुपयोग रोक्न र सुरक्षा बलियो बनाउन यो कदम चालिएको बेलायतले बताएको छ ।

बेलायतको गृह मन्त्रालयका अनुसार पहिले यो योजना केवल ८ देशहरूमा लागु थियो । तर अब यसलाई २३ देशहरूसम्म पुर्‍याइएको छ । भारतबाहेक, अस्ट्रेलिया, क्यानडा, केन्या, लेबनान, मलेसिया र अन्य धेरै देशहरू यस सूचीमा समावेश गरिएका छन् ।

यस योजनाअन्तर्गत अपराधीहरूले आफ्नो देशबाट भिडियो लिङ्कमार्फत अपील गर्ने मौका पाउनेछन् । उनीहरूले बेलायतमा रहँदा यो प्रक्रिया चाल्न सक्ने छैनन् ।