काठमाडौं । पश्चिम एसियामा जारी तनावका बीच चीनले सबै पक्षलाई आफ्नो सैन्य कारबाही तुरुन्त रोक्न आग्रह गरेको छ ।
युद्ध फैलिँदै गएको र थप तनाव बढ्ने संकेतका बीच चीनले सोमबार संवाद तथा वार्तामा फर्कन आग्रह गरेको हो । होर्मुज जलमार्गलाई लिएर अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानलाई दिएको ४८ घण्टे धम्कीबारे सोधिएको प्रश्नको जवाफ दिँदै चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले भने, “यदि यो द्वन्द्व थप विस्तार भयो र स्थिति फेरि उग्र बन्यो भने सम्पूर्ण क्षेत्र अनियन्त्रित संकटमा फस्न सक्छ ।”
प्रवक्ता लिनका अनुसार, बल प्रयोगले केवल दुश्चक्रलाई मात्र निम्त्याउँछ । चीनले सम्बन्धित सबै पक्षहरूलाई सैन्य कारबाही तत्काल बन्द गर्न, संवाद र वार्तामा फर्कन तथा हुनै नपर्ने यो युद्धलाई थप अगाडि बढ्नबाट रोक्न आह्वान गरेको छ ।


प्रतिक्रिया