बालेनलाई गगनको जवाफ: तर्साउने धेरै आए, तर्सिने बानी परेन

बालेनलाई गगनको जवाफ: तर्साउने धेरै आए, तर्सिने बानी परेन


ग्लोब नेपाल
0
Shares

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले सामाजिक सञ्जालमार्फत दिएको चेतावनीप्रति नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले जवाफ फर्काएका छन् ।
सोमबार साँझ ६ बजे सामाजिक सञ्जालमा स्टाटस लेख्दै थापाले आफूलाई तर्साउने प्रयास धेरैले गरे पनि नडराउने बताएका हुन् ।

‘अहिले ठीक १८:०० बजेको छ। तर्साउने धेरै आए, तर्सिने बानी परेन’, उनले लेखेका छन् । यसअघि प्रधानमन्त्री बालेनले ‘सही समय आएपछि सबैको गलत समय आउँछ, एकदुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ’ भन्दै चेतावनीपूर्ण अभिव्यक्ति दिएका थिए ।

बालेनको उक्त अभिव्यक्तिपछि थापाले समय नै उल्लेख गरेर दिएको प्रतिक्रियालाई प्रधानमन्त्रीप्रति लक्षित जवाफका रूपमा हेरिएको छ । कांग्रेसको आधिकारिकता विवाद र १८ करोड रुपैयाँ लेनदेनको चर्चाका बीच दुई नेताका अभिव्यक्तिले राजनीतिक वृत्तमा नयाँ बहस सिर्जना गरेको छ ।