९ हजार घुस रकमसहित एक जना प्रहरी अख्तियारको फन्दामा

९ हजार घुस रकमसहित एक जना प्रहरी अख्तियारको फन्दामा


ग्लोब नेपाल
54
Shares

सिराहा । सिराहामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले एक जना प्रहरीलाई ९ हजार घुस रकमसहित पक्राउ गरेको छ ।

मुद्दा मिलाइदिने भन्दै इलाका प्रहरी कार्यालय मिर्चैया मुदा शाखाका प्रहरी सहायक निरीक्षक सचिन यादवलाई हिजाे विहीबार कार्यालय बाहिर सेवाग्राहीसँग ९ हजार घुस रकम लिने क्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले पक्राउ गरेको हो ।

पक्राउ परेका प्नहरी सहायक निरीक्षक यादबले मिर्चैयाकै दुई जना सेवाग्राही मध्ये एउटासँग मुद्दामा सहज बनाइदिने भन्दै ९ हजार नगद रकम र अर्का सेवाग्राहीसँग मुद्दादर्ता नगर्न  दुई लाख रकमको माग गरेको अडियोको आधारमा पक्राउ गरेका छन् । 

पक्राउ परेका यादव पहिलादेखि नै कार्यलय प्रमुखहरूकै सहमतीमा सेवाग्राहीसँग अवैध रकम असुल्ने जुनसुकै मुद्दाको सेटिङ गराउने गरेको स्थानीय सेवाग्राही बताउँछन् । उनी पक्राउ पर्दा याहाँका सेवाग्राही निकै नै उत्साहित देखिएका छन् ।

घुस रकमसहित पक्राउ परेका यादवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले आवश्यक प्रक्रिया पुरा गरी थप अनुसन्धानको लागी बर्दिबास लाने तयारी गरिरहेको जनाइएको छ ।