काठमाडौं । शिक्षक सेवा आयोग प्रावि तह दोस्रो पत्रको परीक्षा मिति परिवर्तन गरिएको छ । असोज ६ गतेका लागि तय भएको परीक्षाको मिति परिवर्तन गरिएको शिक्षक सेवा आयोगले जनाएको छ ।
लोकसेवा आयोगको खरिदार पदको परीक्षासँग मिति जुधेकाले मिति परिवर्तन गर्नुपरेको आयोगले जारी गरेको सूचनामा उल्लेख छ । अर्को परीक्षा असोज १३ गते शनिबार तोकिएकै स्थान र समयमा सञ्चालन हुने बताइएको छ ।
प्रतिक्रिया