धनगढी । मंसिर २२ देखि पुस २ गतेसम्म आयोजना हुने सुदूरपश्चिम महोत्सवको तयारी पूरा भएको छ । कैलाली उद्योग वाणिज्य संघको आयोजनामा हुने महोत्सवको तयारी पूरा भएको हो । २०६३ सालदेखि आयोजना हुँदै आएको महोत्सवको यो १७ औँ संस्करण हो ।
महोत्सवको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले जानकारी दिए ।
महोत्सवको शुक्रबार दिउँसो साढे १२ बजे औपचारिक उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
व्यवसायिक कृषि प्रर्दशनी,उद्योग व्यापारको प्रवद्र्धन तथा कला, संस्कृतिको संरक्षण एवंम् प्रवद्र्धनका लागि आयोजना हुने महोत्सवमा १० करोड बराबरको कारोबार हुने अनुमान गरिएको छ ।
महोत्सवमा थारु र रानाथारु समुदायहरुको संस्कृति जर्गेनाको लागि संग्रालयसहितको अलगै थारु गाउँ नै निर्माण गरिएको छ ।
३ करोडको लागतमा आयोजना हुने महोत्सवमा १० करोड बराबरको कारोबार हुने तथा करिब ६ लाख ५० हजार जनाले अवलोकन गर्ने अनुमान गरिएको छ ।
प्रतिक्रिया