अमेरिका प्रवेश गर्ने प्रयासमा रहेका ४० आप्रवासीको मेक्सिकोमा जलेर मृत्यु

मेक्सिकोको आप्रवासी केन्द्रमा आगलागी हुँदा ४० जनाको मृत्यु भएको छ । घटनामा २९ जनाभन्दा बढी घाइते भएका छन् । मारिनेमा अधिकांश मध्य र दक्षिण अमेरिकाबाट संयुक्त राज्य अमेरिका जाने प्रयासमा रहेका आप्रवासी रहेको अधिकारीहरूले बताएका छन् । आगलागीको शुरुवात निर्वासनको विरोधमा भएको प्रदर्शनका क्रममा भएको बताइएको छ । आगलागी स्थानीय समय अनुसार राति ९ बजे…