सिकागो । अमेरिकाको मिशिगन स्टेट युनिभर्सिटीमा गोली चल्दा तीनजनाको मृत्यु भएको छ भने अन्य पाँचजना घाइते भएका छन् । विश्वविद्यालय प्रहरीकाअनुसार सोमबार राति विश्वविद्यालयका दुई स्थानमा गोली हानाहान भएको हो । मास्क लगाएका होचो कदका व्यक्तिले गोली चलाएका अनुमान गरिएको छ । अभियुक्तको खोजी भइरहेको छ । विश्वविद्यालय प्रशासनले विद्यार्थीहरूलाई तत्काल सुरक्षित रहन सन्देश प्रवाह…