टेक्सास । शुक्रबार आएको भीषण बाढीका कारण संयुक्त राज्य अमेरिकाको मध्य टेक्सासमा कम्तीमा ७८ जनाको मृत्यु भएको पुष्टि भएको छ भने ४१ जना अझै बेपत्ता छन् । मृत्यु हुनेमध्ये ६८ जना केअर काउन्टीका रहेका छन्, जसमा २८ बालबालिका पनि समावेश छन् । यस काउन्टीमा एउटा नदी किनारमा रहेको क्रिश्चियन बालिका शिविर (क्याम्प) बाढीले डुबेको थियो।…