काठमाडौं । रुस-युक्रेन युद्धको बारेमा छलफल गर्न ह्वाइट हाउसमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भेटेपछि फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले युक्रेनमा हुने कुनै पनि शान्ति सम्झौता सुरक्षा ग्यारेन्टीद्वारा समर्थित हुनुपर्ने बताएका छन् । राष्ट्रपति म्याक्रोनले युक्रेनमा शान्तिको अर्थ युक्रेनले समर्पण गरोस् भन्ने हुन नहुने बताएका हुन् । पत्रकार सम्मेलनमा उनले भने- 'यो शान्तिको अर्थ युक्रेनको आत्मसमर्पण हुनु…