भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकामा अवैध रुपमा बसिरहेका भारतीयहरुलाई फिर्ता ल्याउन तयार रहेको बताएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग बिहीबार ह्वाइट हाउसमा भएको भेटमा मोदीले अमेरिकामा अवैध रुपमा बसेका भारतीय आप्रबासीहरु मानव तस्करहरुलाई मोटो रकम बुझाएर गएकाहरु रहेको स्वीकार गरे । ‘मानव तस्हरुहरुको मोटो रकम लिएर सोझा मानिसहरुलाई अमेरिका ल्याएको भन्ने जानकारी मलाई छ’,…