महत्त्वपूर्ण बहसको अन्तिम तयारीमा ट्रम्प र ह्यारिस

फिलाडेल्फिया । कमला ह्यारिस र डोनाल्ड ट्रम्पले सन् २०२४ को अमेरिकी राष्ट्रपति निर्वाचनअघि आफ्नो पहिलो र सम्भवतः एकमात्र टेलिभिजन बहसको पूर्वसन्ध्यामा सोमबार आफ्नो अन्तिम तयारी गरेका छन् । निर्वाचनको दिन आउन दुई महिनाभन्दा कम समयमा डेमोक्रेटिक उपराष्ट्रपति र रिपब्लिकन पूर्वराष्ट्रपतिबीचको कडा प्रतिस्पर्धामा आमनेसामने हुनु निर्णायक मोड हुनसक्छ । ह्यारिस स्थानीय समयानुसार सोमबार साँझ ४:४० बजे…