अमेरिकाद्वारा सिरिया र इराकस्थित विद्रोही अखडामा आक्रमण योजना अनुमोदन

अमेरिकाले सिरिया र इराकस्थित इरानी लक्ष्यहरूमा शृंखलाबद्ध हमला गर्ने योजनालाई अनुमोदन गरेको छ । हमला लामो रहने तर मौसमजन्य परिस्थितिले भने त्यसलाई निर्धारण गर्नसक्ने जनाइएको छ । आक्रमणको समय सीमा निर्धारण नभएपनि कहाँ, कहिले र कसरी बदला लिने भन्ने विषय अमेरिकी रोजाइमा रहने अधिकारीहरुको भनाइ छ । सिरियाको सीमानजिक रहेको जोर्डनमा गत आइतबार ड्रोन आक्रमणमा…