काठमाडौं । नेपाली कांग्रेसको विधान संशोधन प्रस्ताव महाधिवेशनको बन्दसत्रबाट सर्वसम्मत रूपमा पारित भएको छ। संशोधित विधानअनुसार अब पार्टीको केन्द्रीय संरचना र पदाधिकारी टोली थप फराकिलो र समावेशी बन्ने भएको छ। महाधिवेशन प्रतिनिधि प्रताप पौडेलका अनुसार नयाँ व्यवस्थाअनुसार कांग्रेसमा अब १ जना सभापति, १ जना वरिष्ठ उपसभापति, ४ जना उपसभापति, ३ जना महामन्त्री र १५ जना सहमहामन्त्री…