कांग्रेस महाधिवेशनमा १८ नयाँ अभ्यास

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन यसअघिका महाधिवेशनभन्दा केही महत्वपूर्ण पक्षमा फरक हुँदैछ। गत विशेष महाधिवेशनबाट विधानमा गरिएको संशोधनलाई कार्यान्वयन गर्दै यसपटक युवा, महिला तथा विभिन्न समुदायको प्रतिनिधित्वदेखि महाधिवेशन सञ्चालन र प्रचारशैलीसम्म नयाँ अभ्यास गर्न लागिएको छ। कांग्रेसको १५औँ महाधिवेशनमा नेतृत्व चयनसँगै संगठनको संरचना, प्रतिनिधित्व, बहस गर्ने शैली र प्रचार प्रणालीमै परिवर्तन ल्याउने प्रयास गरिएको देखिन्छ।…