काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठकमा आज पनि जारी रहने भएको छ। बिहीबारदेखि सुरु भएको बैठक आज पनि बस्ने माओवादी केन्द्रीय कार्यालयले जनाएको छ। बैठकमा आज सदस्यहरूले वैचारिक, राजनीतिक र सांगठनिक परिस्थिति तथा कार्यभारका सम्बन्धमा धारणा राख्नेछन्। यसअघि हिजोको बैठकमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिक घटनाक्रमबारे छलफल भएको थियो। पार्टी मुख्यालय पेरिसडाँडामा बसेको बैठकमा…