काठमाडौँ । काठमाडौँ महानगरपालिकाले गोरखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित ‘ग्यालेक्सी फोके टेलिभिजन’लाई आफ्नो कार्यालयमा रहेका सम्पूर्ण सामान १५ दिनभित्र हटाइसक्न सार्वजनिक सूचना जारी गरेको छ। टिभीका अध्यक्ष गितेन्द्र बाबु राईलाई घर भाडा तिरेर कार्यालयमा रहेका सम्पूर्ण सरसामान हटाउन महानगरपालिकाले सार्वजनिक सूचना जारी गरेको हो । काठमाडौँ–३ का मृगेन्द्र प्रसाद मिश्रसमेतले ‘भाडा असुल उपर गरी घर…