अमिशा साइबर बुलिङ प्रकरणमा एक जना पक्राउ

काठमाडौँ । नेकपा (एमाले) को प्रदर्शनमा सहभागी भएपछि साइबर बुलिङको सिकार भएकी अमिशा पराजुलीको घटनामा एक जनालाई पक्राउ गरिएको छ । नेपाल प्रहरीको साइबर ब्युरोले रौतहटबाट उक्त व्यक्तिलाई नियन्त्रणमा लिएको हो । साइबर ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) दिलिपकुमार गिरीका अनुसार पक्राउ परेका व्यक्तिलाई हाल काठमाडौँ ल्याउने प्रक्रिया चलिरहेको छ । उनले काठमाडौँ ल्याइपुर्‍याएपछि…