को हुन् प्रधानन्यायाधीशको कोटामा मन्त्री बनेका गजेन्द्र हमाल ?

गजेन्द्र हमाल नेपाली कांग्रेस बाँकेका पूर्व पार्टी सभापति हुन् । २०२७ सालमा नेपाल विद्यार्थी संघ बाँकेको उपाध्यक्ष भएर गजेन्द्रले राजनीति यात्रा शुरु गरेका थिए । २०३१ सालमा नेविसंघ बाँकेको अध्यक्ष भए । नेपाली कांग्रेसका नेता स्वर्गीय भाइराजा हमाल परिवारका साँइला भाइ हुन् गजेन्द्र । भाइराजा पञ्चायतकालमा एक दशकभन्दा लामो समय नेपाली कांग्रेस बाँकेको सभापति थिए…