सतिश सिंह मधेश प्रदेशको मुख्यमन्त्री नियुक्त

जनकपुरधाम । जनमतका प्रदेश सांसद सतिश सिंह मधेश प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन् । प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले उनलाई शुक्रबार मुख्यमन्त्री नियुक्त गरेकी हुन् । बिहीबार राती अबेरसम्म बसेको सत्ता साझेदार दलको बैठकले मन्त्रालय भागबन्डा टुंग्याएपछि उनले बिहानै प्रदेश प्रमुख सुवेदीसमक्ष दाबी पेस गरेका थिए । सतिशले एमाले, माओवादी केन्द्र, जनमत, एकीकृत समाजवादी, नागरिक…