भीम आचार्य र अष्टलक्ष्मी शाक्यलाई झाँक्रीको नयाँ प्रस्ताव

विराटनगर । नेकपा (एस) की नेतृ रामकुमारी झाँक्रीले प्रदेश १ र बागमती प्रदेशका मुख्यमन्त्रीले नेकपा एकीकृत समाजवादी (एस) रोजेको खण्डमा वर्तमान सरकारलाई नै निरन्तरता दिइने बताएकी छन् । विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग बोल्दै नेतृ झाँक्रीले नेकपा एकीकृत समाजवादीमा आए प्रदेश १ का मुख्यमन्त्री भीम आचार्य र बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यलाई विश्वासको मत जुटाउने बताइन् ।…