असंलग्न मुलुकहरूको बैठकमा सहभागी हुन परराष्ट्रमन्त्री खड्का ब्रेलग्रेडतर्फ

काठमाडौं । असंलग्न मुलुकहरूको उच्चस्तरीय बैठकमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै परराष्ट्रमन्त्री डा. नारायण खड्का आज ब्रेलग्रेड प्रस्थान गरेका छन्। परराष्ट्र मन्त्रालयका अनुसार सर्वियाका विदेशमन्त्री निकोला सेलेकोभी र अजरबैजानका परराष्ट्रमन्त्री जेहुन ब्यारोमोभको निमन्त्रणामा उनी त्यसतर्फ प्रस्थान गरेका हुन्। असंलग्न मुलुकको साझा सङ्गठन (नाम) स्थापना भएको ६० वर्ष पुगेको अवसरमा उच्चस्तरीय कमोमोरेटिभ बैठकको आयोजना गरिएको…