काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सबै मिलेर अघि बढेमात्रै देश समृद्ध बन्ने बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको महाधिवेशनलाई सम्बोधन गर्दै देउवाले नेपालका हरेक आन्दोलनमा आदिवासी जनजातिको योगदान महत्त्वपूर्ण रहेको बताए । सभापति देउवाले सबै आपसमा एक भएर राष्ट्रलाई ठूलो योगदान दिनुपर्ने बताए । "तपाईंहरू सबै एक भएर…