काठमाडौं । सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध छानबिन गर्न संसदीय समितिको माग गर्दै कांग्रेस तरुण दलले काठमाडौंमा प्रदर्शन गरेकाे छ । निरन्तर सदन अवरुद्ध गराईरहेको कांग्रेसका भ्रातृ संगठनहरूले सडकमा प्रदर्शन गरेका हुन् । सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि कारबाही गरिनुपर्ने, संसदीय समिति बनाइनुपर्ने, बचतकर्ताको रकम फिर्ता गर्नुपर्नेलगायतका माग तरुण दलको…