देउवाप्रति कोइराला-निधि असन्तुष्ट

काठमाडौं । नेपाली कांग्रेसको नेतृत्वमा पाँच दलीय गठबन्धन निर्वाचनमा जाँदै गर्दा गठबन्धनको नेतृत्वदायी दल कांग्रेसमै कलह बढेको छ । संस्थापनइतर पक्षका नेता डा. शशांक कोइराला, निवर्तमान उपसभापति विमलेन्द्र निधिलगायत नेताहरू प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवासँग सन्तुष्ट देखिएका छैनन् । निर्वाचन आउन चार दिन बाँकी छँदासम्म डा. कोइराला गठबन्धन दलका उम्मेदवारहरूलाई खुलेरै मत मागिरहेका छैनन् ।कोइरालानिकट…