कांग्रेस ललितपुर अधिवेशन आजबाट, चुनाव भोलि

ललितपुर, १० मंसिर । नेपाली कांग्रेस ललितपुरको जिल्ला अधिवेशन आज शुक्रबारबाट सुरु हुँदैछ । जावलाखेलस्थित स्फाज कलेजमा उद्घाटन कार्यक्रम रहेको कांग्रेसका निर्वाचन संयोजक लोक खड्काले जानकारी दिए ।उनका अनुसार आजै बन्दसत्र प्रारम्भ भए पनि निर्वाचन भने शनिबार हुनेछ । उनले भने, 'आज उम्मेदवारी दर्तादेखि अन्तिम नामावली प्रकाशनको कार्यक्रम हुन्छ । निर्वाचन भने भोली हुनेछ ।'…