माओवादी महाधिवेशनमा प्यानल उम्मेद्वारी दिन नपाइने

काठमाडौं । नेकपा माओवादी केन्द्रले ११-१३ पुसमा हुने महाधिवेशनमा समूह बनाएर उम्मेद्वारी दर्ता गर्न रोक लगाउने भएको छ । महाधिवेशनमा होमिएको माओवादीले एमालेको सिको गर्दै समूहगत उम्मेद्वारीमा रोक लगाएको हो । एमालेले विधानमै प्यानल बनाएर उम्मेदवारी दिन नपाइने व्यवस्था गरिसकेको छ । माअ‍ोवादीले महाधिवेशनका लागि गठित निर्वाचन समितिको कार्यालय बुधबार उद्घाटन गर्ने जनाएको छ ।…