काठमाडौँ । सन्चारमाध्यमका सम्पादकहरुले प्रेसमाथि दबाब र त्रास सिर्जना गर्ने उद्देश्यले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरिएको उल्लेख गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाललाई पत्र पठाएका छन् । उनीहरुले प्रधानमन्त्रीलाई राज्यले सृजना गरेको त्राससँग कुनै सम्झौता नगर्ने चेतावनीसमेत दिएका छन् । अध्यक्ष सिरोहियामाथि लगाइएका आरोपबारे सरकारी निकायले कहिल्यै सोधपुछ नगरी जसरी पक्राउ गरिएको छ त्यसले…