बेलायती प्रधानमन्त्रीद्वारा स्वागत समारोह आयोजना

लन्डन । नेपाल र संयुक्त अधिराज्यबीच मैत्रीसन्धिमा हस्ताक्षर भएको एकसय वर्ष पूरा भएको अवसरमा बेलायती प्रधानमन्त्री ऋषि सुनकले लन्डनमा स्वागत समारोहको आयोजना गरेका छन् । सोमबार बेलायती सहर लन्डनको नम्बर १० डाउनिङ स्ट्रिटमा सो समारोहको आयोजना गरेको नेपालस्थित बेलायती दूतावासले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ । त्यस अवसरमा नेपाल र बेलायतका बीचमा सय वर्षअघि सन्…