कांग्रेस क्रियाशील सदस्य विवाद समाधान गर्न समितिले माग्यो थप समय

काठमाडौं । नेपाली कांग्रेसको क्रियाशील सदस्यता विवाद समाधानका लागि गठित शीर्ष समितिले थप समय माग गरेको छ । पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र केन्द्रीय सदस्यहरु डा. मिनेन्द्र रिजाल र रमेश लेखक सम्मिलित समितिले सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलसँग अझै समय लाग्ने जनाएको हो । कांग्रेस केन्द्रीय समितिको बैठकले क्रियाशील सदस्यताको बाँकी काम भदौ…