अध्यक्ष प्रचण्ड र चिनियाँ कम्युनिष्ट पार्टीका विदेश प्रमुख ताओबीच वार्ता

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख सङ् ताओबीच भिडियो वार्ता भएको छ। सत्तारुढ दलहरुबीच मिलेनियम च्यालेन्स कर्पोरेशन (एमसीसी) पास गर्ने सहमति भइसकेपछि चिनियाँ विदेश विभाग प्रमुख सङ् ताओ र माओवादी केन्द्र अध्यक्ष प्रचण्डबीच भिडियो वार्ता भएको हो । यसलाई राजनीतिक वृत्तमा अर्थपूर्ण ढंगले हेरिएको छ…